आज साँझ ५ बजेदेखि मतदाता नामावली संकलन बन्द हुने
विदुर खबर
२०७९ साउन १९ गते १६:४४

नुवाकोट । आज साँझ ५ बजेदेखि मतदाता नामावली संकलन बन्द हुने भएको छ ।
सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा गर्ने निर्णय गरेसँगै मतदाता नामावली संकलन बन्द हुने भएको हो ।
आज बसेको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको छ ।
निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली बन्द गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
गत १ असारबाट सुरु गरिएको मतदाता नामावली बिहीबार बेलुका ५ बजेबाट बन्द हुन लागेको हो । यो अवधिमा करिब पाँच लाखभन्दा बढीले नामावली दर्ता गराएका छन ।
Advertisement
‘एक हप्ता समय दिएर आयोगमा दर्ता भइसकेका दलका लागि दल दर्ता प्रक्रिया चाँडै थाल्नेछौँ,’ अर्यालले भने ।
सम्बन्धित
प्रतिक्रिया