इन्धनको मूल्य तत्काल घटाउदैनौं : आयल निगम
नुवाकोट । नेपाल आयल निगमले भारतबाट तेलको मूल्य घटेर आएपनि घाटा कायम नै रहेकाले नेपालमा तत्काल इन्धनको मूल्य घटाउने स्थीति नरहेको बताएको छ ।
भारतबाट तेलको मूल्य दुई पटक घटेर आएपनि निगमले नघटाएपछि संसददेखि सडकसम्म विरोध भइरहेको छ ।
निगमले बुधबार एक बिज्ञप्ती जारी गर्दै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले हाललाई नेपालमा मूल्य यथावत राख्ने बताएको हो ।
विज्ञप्तिमा निगमलाई अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेको उल्लेख गरेको छ । निगमले आईओसीलाई अझै २३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।
आइओसीले गत सोमबार पेट्रोलको मूल्य प्रतिलिटर १६ रुपैयाँ तथा डिजेल १२ रुपैयाँले घटेर नयाँ मुल्य सूची पठाएको थियो ।
खासगरी भारतबाट दुई पटक मूल्य घटेर आएपछि निगम पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ७८ पैसा नाफा छ । डिजलमा ९ रुपैयाँ ३७ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ४९९ रुपैयाँ नोक्सानीमा छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया