इन्धनको मूल्य तत्काल घटाउदैनौं : आयल निगम

विदुर खबर २०७९ साउन १८ गते १९:०३

नुवाकोट । नेपाल आयल निगमले भारतबाट तेलको मूल्य घटेर आएपनि घाटा कायम नै रहेकाले नेपालमा तत्काल इन्धनको मूल्य घटाउने स्थीति नरहेको बताएको छ ।

Advertisement

भारतबाट तेलको मूल्य दुई पटक घटेर आएपनि निगमले नघटाएपछि संसददेखि सडकसम्म विरोध भइरहेको छ ।

निगमले बुधबार एक बिज्ञप्ती जारी गर्दै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले हाललाई नेपालमा मूल्य यथावत राख्ने बताएको हो ।

Advertisement

विज्ञप्तिमा निगमलाई अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेको उल्लेख गरेको छ । निगमले आईओसीलाई अझै २३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।

आइओसीले गत सोमबार पेट्रोलको मूल्य प्रतिलिटर १६ रुपैयाँ तथा डिजेल १२ रुपैयाँले घटेर नयाँ मुल्य सूची पठाएको थियो ।

Advertisement

खासगरी भारतबाट दुई पटक मूल्य घटेर आएपछि निगम पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ७८ पैसा नाफा छ । डिजलमा ९ रुपैयाँ ३७ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ४९९ रुपैयाँ नोक्सानीमा छ ।

प्रतिक्रिया