नेपालमा कोरोना संक्रमित बढ्दै
नुवाकोट । कोरोना संक्रमितको संख्या बढ्ने क्रममा बुधबार ९१५ जना थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा भएको ६ हजार दुई नमुना परीक्षण गरिएको थियो । तीमध्ये तीन हजार ९१ पीसीआर परीक्षणबाट ५९० जना र २ हजार ९११ एन्टिजेन परीक्षणबाट ३२५ जनामा संक्रमण पुष्टि भएको छ ।
एक दिनमा ३०९ जनाले कोभिड १९ जितेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समिर कुमार अधिकारीले बताए । आज काठमाडौं उपत्यकाभित्र काठमाडौंमा ३३७, ललितपुरमा ५३ र भक्तपुरमा ३२ जनामा संक्रमण पाइएको छ । यसरी उपत्यकाभित्र आज ४२२ जना संक्रमित थपिएका हुन् ।
आज कोरोना संक्रमण दर १५ प्रतिशत पुगेको छ जुन गत बुधबार १२ प्रतिशत रहेको थियो।
साउन लागेयता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । नेपालमा साउन १ गते, एक हजार ४३९ सक्रिय संक्रमित रहेकोमा साउन १८ गतेसम्ममा बढेर पाँच हजार ४३३ पुगेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी





प्रतिक्रिया