पासाङल्हामु राजमार्गमा पर्ने रानीपौवा–ककनी सडकखण्ड अवरुद्ध

विदुर खबर २०७५ भदौ १४ गते ४:१६

Advertisement

ककनी÷ लगातारको वर्षाले नुवाकोटको पासाङल्हामु राजमार्ग अन्र्तगत रानीपौवा– ककनी सडकखण्ड अवरुद्ध भएको छ ।

ककनी गाउपालिका वडा नं. १ स्थित १२ माईल भन्ने ठाँउमा सडक भासीँदा सडक पुर्ण रुपमा अबरोध भएको छ । सडक अवरुद्ध हुँदा पासाङल्हामु सडकअन्र्तगत त्रिशुली,रानीपौवा ककनी काठमाण्डौ सडकखण्ड पुर्ण रुपमा बन्द भएको छ । अवरुद्ध राजमार्ग खुलाउन निर्माण कम्पनि सैलुन कन्ट्रक्सनसँग समन्वय भईरहेको जिल्ला प्रशासन कार्यदय नुवाकोटले बताएको छ ।

Advertisement

प्रतिक्रिया