सिदार्थ बैंकको नाफा साढे १२ प्रतिशतले बढ्यो

विदुर खबर २०७९ साउन १८ गते १०:४२

नुवाकोट । सिदार्थ बैंकको नाफा झण्डै साढे १२ प्रतिशतले बढेको छ ।

Advertisement

बैंकले बुधवार गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दे नाफा साढे १२ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ३ अर्ब २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.७८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । ।

Advertisement

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २७।७३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ७.२८ प्रतिशत बढेको छ ।

त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ९।०५ प्रतिशत र सञ्चालन मुनाफा १३।१६ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब १० करोड ६८ लाख रुपैयाँ रहेको छ।

Advertisement

नाफा सामान्य बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने केही घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३३ पैसा घटेर २५ रुपैयाँ ७१ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११।७९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ९८ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १४.२५ प्रतिशत बढेको छ भने जगेडा कोष ०.५१ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको निक्षेप ५।८७ प्रतिशत र कर्जा १२.७२ प्रतिशत बढेको छ ।

प्रतिक्रिया