पेट्रोलको मूल्य घटेर आउँदा नेपालमा किन घट्दैन ?
विदुर खबर
२०७९ साउन १७ गते १८:०३
नुवाकोट । पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेकोप्रति सत्तारुढ दलका सांसदले नै सरकारको आलोचना गरेका छन् ।
माओवादी केन्द्रका सांसद अमनलाल मोदीले भारतबाट पेट्रोलियम पदार्थको मूल्य २ पटक घटेर आउँदा पनि सरकारले नेपालमा किन मूल्य समायोजन नगरेको भनेर प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद मोदीले तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने माग गरेका छन् । ‘भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर २ पल्ट मूल्यसूची पठाइसक्यो ।
तर नेपाल सरकारको पेट्रोलियम पदार्थको मूल्य घटाएर कुनै समायोजन गरेको छैन,’ उनले भने, ‘भारतले मूल्य बढायो भने सरकारले तुरुन्त बढाउँछ । तर घटेर आउँदा मूल्य नघटनाउने देशमा महंगी बढेको छ ।
यातायातदेखि हरेक क्षेत्रमा महँगी बढेको छ । यसमा सरकारको ध्यानाकर्षण होस् ।’
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा
रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ





प्रतिक्रिया