आज देशभर ८ सय ९५ जना काेराेना संक्रमित थपिए,एककाे मृत्यु
विदुर खबर
२०७९ साउन १६ गते १८:३२

नुवाकोट । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा भएको कुल पाँच हजार ९०९ नमुना परीक्षणमध्ये सो संख्यामा संक्रमण पाइएको हो । एक दिनमा तीन हजार ६८५ पीसीआर परीक्षण गर्दा ६३२ जनामा र दुई हजार २२४ एन्टिजेन परीक्षण गर्दा २६३ जनामा कोभिड १९ संक्रमण देखिएको हो ।
आज थपिएका मध्ये काठमाडौंमा ३७३ जना, ललितपुरमा ३६ जना र भक्तपुरमा १७ जना छन् ।
यस अवधिमा कोरोना मुक्त हुनेको संख्या २६४ रहेको छ । मन्त्रालयका अनुसार एक दिनमा एक जना संक्रमितको निधन भएको छ । हाल देशभरमा चार हजार ९३४ जना सक्रिय संक्रमित रहेका छन् ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया