नुवाकोटमा तीन गाँउपालीकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए

नुवाकोट । नुवाकोटका ३ गाँउपालीकामा एकै साथ प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गरिएको छ ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज नुवाकोटका ३ स्थानीय निकाय सहित देशै भरका ६५ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ ।
नुवाकोटको पञ्चकन्या, सूर्यगढी र तादी गाँउपालीकाका प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएका हुन् । जस अनुसार पञ्चकन्यामा राममणी काफ्ले, सूर्यगढी गाँउपालीकामा बिष्णु प्रसाद सुवेदी र तादी गाँउपालीकामा प्रयास भट्टराईलाई सरुवा गरिएको छ ।
पञ्चकन्या गाँउपालीकामा कार्यरत अशोक बिष्ट र सूर्यगढी गाँउपालीकामा कार्यरत धनेन्द्र भुजेललाई भुमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालय अन्र्तगतका कार्यालयमा रहने गरी सरुवा गरिएको छ भने तादी गाँउपालीकामा कार्यरत अर्जुन आचार्यलाई बाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालय अन्तर्गतमा रहने गरी सरुवा गरिएको छ ।
नुवाकोटको पञ्चकन्या गाँउपालीकाबाट सरुवा गरिएका अशोक बिष्ट र सूर्यगढी गाँउपालीबाट सरुवा गरिएका धनेन्द्र भुजेल स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरु मध्यमा बौद्धिक र अब्बल अधिकृतको रुपमा परिचित छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया