नुवाकोटको प्रहरी प्रमुख फेरिए
विदुर खबर
२०७९ साउन १५ गते २०:३५

नुवाकोट । नुवाकोटका प्रहरी प्रमुख फेरिएका छन् ।
गृह मन्त्रालयले नुवाकोटका प्रहरी प्रमुख राम प्रकाश शाहलाई काजमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रिय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखा नक्साल खटाएको छ ।
नुवाकोटमा नयाँ प्रहरी प्रमुखको रुपमा रमेश पण्डितलाई खटाइएको छ ।
पण्डित यसअघि लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बाँकेमा कार्यरत रहेका थिए ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया