शर्मा पुन: अर्थमन्त्री बन्ने
विदुर खबर
२०७९ साउन १५ गते ११:४९

नुवाकोट । नेकपा माओवादी केन्द्रका नेता जर्नादन शर्मा पुन अर्थमन्त्रि बन्ने भएका छन् ।
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल निकटका एक पोलिटब्युरो सदस्यका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइसकेको छ ।
शर्माको शपथको कार्यक्रम प्रधानमन्त्री तथा राष्ट्रपतिको कार्यालयले तय गर्ने उनले बताए ।
तीन साता अघि मात्र बजेट निर्माण गर्दा व्यवसायीको प्रभावमा परेर निर्माण गरेको आरोप लागेपछि उनले राजिनामा दिएका थिए ।
सम्बन्धित
प्रतिक्रिया