नुवाकोटमा मजदुरको दैनिक ज्याला बढ्यो

विदुर खबर २०७९ साउन १४ गते ११:१९

नुवाकोट । नुवाकोटमा कार्यरत दैनिक मजदुरको ज्याला १० प्रतिशतले बढेको छ ।

Advertisement

नयाँ आर्थिक वर्ष सुरुभएसगँ आ.व. ०७९÷८० का लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटले निमाण सामग्री तथा ज्यालाका दररेट निर्धारण गरेको हो ।

जिल्ला दररेट निर्धारण समितिले चालू आ.व.का लागि मजदरको ज्याला गत आ.व.को भन्दा हेरफेर गरेको छ । समितिलेमजदुरको ज्याला १० प्रतिशत वृद्धि गरेको छ ।

Advertisement

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४८ को उपनियम १ अनुसार प्रत्येक जिल्लामा पूरै जिल्लाभरि वा जिल्लाको कुनै भागमा छिट्टै लागू हुने गरी निर्माण सामग्री ढुवानी, दररेट, मेसिन तथा उपकरणको भाडा र कामदारका ज्याला निश्चित गर्ने जिल्ला दररेट निर्धारण समिति रहने प्रावधान छ । जिल्ला दररेट निर्धारण समितिले बजार महँगी बढ्दै गएपछि दैनिक ज्याला–मजदुरी गर्नेको पारिश्रमिकसाउनदेखि लागू हुने गरी बढाएको छ ।

अब सरकारी काममा खटिने मजदुरको दैनिक ज्याला १० प्रतिशत बढेको छ । गत आ.व.०७८÷७९ मा मजदुरको दैनिक ज्याला पाँच प्रतिशत मात्र बढाइएको थियो । चालू आ.व. ०७९÷८० मा निजी तथा गैरसरकारी संघ–संस्थाले समेत काममा लगाउँदा दैनिक ज्याला– मजदुरी गर्नेको पारिश्रमिक बढेअनुसार दिनुपर्नेछ ।

Advertisement

जिल्ला दररेट निर्धारण समितिले निर्धारण गरेअनुसार दक्ष कामदार ब्लास्टरको दैनिक ज्याला गत वर्षको एक हजार दुई सय ६० रहेकोमा बढाएर अहिले एक हजार तीन सय ८५ कायान्वयनमा आएको छ ।

नयाँ दररेटअनुसार रक डिल÷हेभी ड्राइभर, वेल्डर÷प्लम्बर÷विस्फोटक पदार्थ ढुवानी गर्ने ज्यामी, डकर्मी, नकर्मी, सिकर्मी, बज्रकर्मी, चित्रकारी, हेभी सिनियर अपरेटर, कम्प्युटरको दैनिक काम गर्नेको ज्याला एक हजार एक सय ५५ निर्धारण भएको छ । गत आ.व. ०७७÷७८ मा उक्त काम गर्नेको दैनिक ज्याला हजार पचास रहेको थियो ।

नयाँ दररेटअनुसार निर्माण सुपरभाइजर, निर्माण सुपरभाइजर प्राविधिक, लाइट ड्राइभरको पनि ज्याला बढाइएको छ ।

अर्धदक्ष कामदारको प्रतिदिन आठ सय ८०, ज्यामी भरिया, ज्यामी नाइके, जुनियर अपरेटर, उत्प्रेरक, हेभी हेल्पर, सर्भे हेल्पर, अवाले (इँट्टा बनाउने), क्याम्पर वर्कर, साधारण हेल्पर, ल्याब ब्वाई, नर्सरी नाइकेको दैनिक ज्याला आठ सय ४५ भएको छ ।

 

प्रतिक्रिया