नुवाकोट कांग्रेसका क्षेत्रीय सभापति पौडेलमाथि चुनावमा टिकट बेचेको आरोप

विदुर खबर २०७९ साउन १३ गते १५:२०

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा (ख) कार्यसमितिका सभापतिमाथि स्थानीय चुनावमा टिकट बिक्री गरेको आरोप लागेको छ।

Advertisement

सूर्यगढी गाउँपालिकास्थित पार्टी कार्यसमितिका अध्यक्ष शंकरबहादुर प्याकुरेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले क्षेत्रीय सभापति रामजी पौडेलमाथि छानबिन गरी कारबाही गर्न माग गर्ने निर्णय गरेको छ।

क्षेत्रीय सभापति पौडेलले आर्थिक लेनदेनमा टिकट दिएको, पार्टी विधानविपरीत बैठकहरू राख्ने गरेको आरोप छ। सभापति पौडेलमाथि छानिबन गर्न प्रदेश, जिल्ला र केन्द्रीय कार्यालयमा पनि उनीहरूले पत्र पठाएर माग गर्ने निर्णय गरेका छन्।

Advertisement

नुवाकोट कांग्रेसले सूर्यगढी पार्टी कार्यसमितिको निर्णय केन्द्रीय प्रवक्ता प्रकाशशरण महत, नेताहरू रामशरण महत र अर्जुननरसिंह केसी लगायतलाई पनि बुझाएका छन्।

साथै उनीहरूले सूर्यगढी पार्टी उपसभापति कालु गुरूङ तामाङलाई अनुशासनको कारबाही गर्न पनि माग गरेका छन्। तामाङले आफ्नो अध्यक्षतामा बैठक राखेर विधानविपरीत कार्य गरेको आरोप छ।

Advertisement

 

प्रतिक्रिया