स्थानिय तहमा साढे १४ प्रतिशत युवा निर्वाचित

विदुर खबर २०७९ साउन १३ गते ८:१७

नुवाकोट । नेपालमा पछिल्लो समयमा राजनितिमा युवा पुस्ताको चासो बढ्न थालेको छ ।

Advertisement

यसैक्रममा गत वैशाख ३० गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा ४१ दशमलव १४ प्रतिशत युवा निर्वाचित भएका छन ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २१ देखि ४० वर्ष उमेर समूहका युवाहरुको संख्या १४ हजार ४ सय ४२ अर्थात ४१ दशमलव १४ प्रतिशत रहेको छ ।

Advertisement

प्रमुखमा ३७, उपप्रमुखमा ९५, अध्यक्षमा १०६, उपाध्यक्षमा दुई सय ३४ युवा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा कूल ३५ हजार ९७ जनप्रतिनिधि निर्वाचित भएका छन् ।

Advertisement

प्रतिक्रिया