कोरोना संक्रमित भेटिएपछि चीनको वुहानमा फेरि लकडाउन

विदुर खबर २०७९ साउन १३ गते ७:४४

एजेन्सी । कोरोना संक्रमित भेटिएपछि चीनको वुहान शहरमा फेरि लकडाउन गरिएको छ ।

Advertisement

वुहानको एक क्षेत्रमा चार जनामा कोरोना संक्रमण देखिएपछि पुन लकडाउन गरिएको छ । वुहानमा सबैभन्दा पहिला कोरोना संक्रमित फेला परेका थिए ।

वुहानको जियांग्सिया क्षेत्रमा कोरोनाका चार संक्रमित फेला परेका छन् तर उनीहरुमा कुनै लक्षण देखिएको छैन।

Advertisement

यसपछि उक्त क्षेत्रका मानिसलाई तीन दिनसम्म आफ्नो घरमै बस्न आदेश दिइएको छ । चीनले कोरोना भाइरससँग लड्नका लागि जिरो कोभिडु रणनीतिको पालना गरिरहेको छ ।

यसका साथै ठूलो मात्रमा परीक्षण, कडा आइसोलेशन र लकडाउन गर्दै आएको छ । यसले गर्दा विश्वका अन्य देशको तुलनामा चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा कमी आएको थियो।

Advertisement

१ करोड २० लाख जनसंख्या रहेको वुहान शहरमा नियमित रूपमा कोरोना परीक्षण हुने गरेको छ । २०२० को शुरुआतमा वुहानको चर्चा पूरै विश्वमा थियो किनकी यहाँ वैज्ञानिकले नयाँ भाइरस कोभिड(१९ पत्ता लगाएका थिए।

प्रतिक्रिया