नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै

विदुर खबर २०७९ साउन १२ गते २१:२८

नुवाकोट । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७१० जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या बुधबारको तुलनामा १४६ जनाले बढी हो ।

संक्रमितको संख्या पाँच महिनापछि यताकै उच्च पुगेको छ । यसअघि फागुन २ गते देशभरमा ७४७ जना कोरोना संक्रमित थपिएका थिए ।

Advertisement

२४ घण्टामा भएको कुल पाँच हजार २५ नमुना परीक्षणमा सो संख्यामा संक्रमण पाइएको हो । जसमध्ये दुई हजार ५४१ पीसीआर परीक्षणबाट ५२४ जना र दुई हजार ४८४ एन्टिजेन परीक्षबाट १८६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

सोमबार थपिएका संक्रमितमध्ये काठमाडौंका २४४ जना, ललितपुरका ६४ जना र भक्तपुरका १६ जना रहेको मन्त्रालयले जारी गरेको तथ्यांकमा छ ।

Advertisement

एक दिनमा संक्रमणका कारण दुई जनाको निधन भएको छ । साउन लागेयता १० जनाले कोभिड १९ संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

यसैगरी, सोहि अवधिमा २१५ जनाले कोरोना संक्रमण जितेका छन् । हाल नेपालमा चार हजार २३६ जना सक्रिय संक्रमित छन् ।

 

प्रतिक्रिया