खोलाले बगाएर नुवाकोटमा एक जनाको मृत्यु

विदुर खबर २०७९ साउन १२ गते ८:५९

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका १२ मा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ ।

Advertisement

मंगलबार साँझ ५५ वर्षीया सुकुमई तामाङको बेलकोटखोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काले बताए ।

उनलाई खोलाले १ किलोमिटर तल रैकरेचौतिस भन्ने स्थानमा मृत फेला परेकी थिइन् ।

Advertisement

उनी वडा नम्बर १२ की एमालेबाट निर्वाचित महिला सदस्य समेत भएको एमाले केन्द्रिय सदस्य विन्दा ढुंगानाले जनाइन् ।

प्रतिक्रिया