किस्पाङ गाउँपालिकामा सुविधा सम्पन्न एम्बुलेन्स

विदुर खबर २०७९ साउन ११ गते २१:५१

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकामा सुविधा सम्पन्न एमबुलेन्स आइपुगेको छ ।

Advertisement

गाउँपालिकाका अध्यक्ष बिरबल तामाङ र उपाध्यक्ष अर्जुन न्यौपानेको बिशेष पहलमा नेपाल विधुत प्राधिकरण रसुवा–नुवाकोट वितरण केन्द्रले एम्बुलेन्स गाउँपालिकालाई उपलब्ध गराएको हो ।

उपलब्ध गराइएको एम्बुलेन्स किस्पाङ गाउँपालिकामा रहेको काहुले स्वास्थ्य चौकीका राखिनेछ ।

Advertisement

उक्त एम्बुलेन्स नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ र जर्मन राजदूतले गाउँपालिकाका अध्यक्ष विरवल तामाङलाई हस्तान्तरण गरेका हुन् ।

प्राधिकरणले उपलब्ध गराएको एमबुलेन्स ख वर्गको एम्बुलेन्स रहेको छ ।

Advertisement

किस्पाङ गाउपालिकाभित्रका जनता बिरामी पर्दा सदरमुकाम विदुरबाट एमबुलेन्स मगाउन पर्ने अवस्थाको अन्त्य भएको भन्दै गाउँपालिकाका स्थानियहरुले खुशी व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया