सरकारले जनअपेक्षा अनुसार काम गरेन: डा.कोईराला

भक्तपुर भदौ १२, नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बर्तमान सरकारले जनअपेक्षा अनुसार मुलुकलाई सही दिशा दिन नसकेको बताउनुभएको छ । महिला संघ जिल्ला कार्य समिति भक्तपुरले आयोजना गरेको तीजको शुभकामना आदान प्रदान बिशेष कार्यक्रममा बोल्दै महामन्त्री डा.कोइरालाले सरकारको मूल्याङ्कन गरी हाल्नुपर्ने समय भई नसके पनि सरकारले सहि कामको लय पक्रन नसकेको बताउनुभयो ।
उहाँले जनतालाई छुने खालको कुनै पनि उल्लेखनीय कदम सरकारले चाल्न नसकेको उल्लेख गर्दै वर्तमान सरकारको सुरुवाती संकेत सुखद नभएको बताउनुभयो ।महामन्त्री डा.कोइरालाल े कांग्रेस पार्टीभित्रको गुटबन्दीले नेता र कार्यकर्तालाई विभाजित गरेको भन्दै यस्तै अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने भएकाले पार्टी सङ्गठनलाई एकै ठाउँमा उभ्याउनुपर्नेमा जोड दिनु भयो ।
बर्तमान अबस्थामा मुलुकमा भैरहेको लैङ्गिक हिंसा ,हत्या ,बलात्कार जस्ता जघन्य मानव अधिकार उलंङ्गनका घटना नियन्त्रण गरी दोषीहरुलाई कानुनी दायरामा ल्याई पीडितलाई क्षतिपुर्ति उपलब्ध गराउन समेत महामन्त्री डा.कोइरालाले सरकारसँग माग गर्नुभयो ।कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा,सांसद धना खतिवडा,महिला संघका केन्द्रीय सदस्य गंगा अवाल लगायतले महिला संघर्ष र तीजको बिबिध पक्षबारे बोल्नुभएको थियो ।
सो अवसरमा ९ सय महिला दिदी बहिनीको सहभागिता रहेको र संघलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने ब्यक्ति तथा संघ संस्थालाई सम्मान गरिएको आयोजक संस्था महिला संघ जिल्ला कार्य समिति भक्तपुरका अध्यक्ष सरु बाँनियाले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना
नुवाकोट महोत्सवको तयारी तिव्र
रवि, कुलमान र बालेन्द्रबीच एकताकाे प्रयास जारी
“बार डे: जेन जी आन्दोलन र बार रुपान्तरणको सवाल”
सुनको भाउ ऐतिहासिक उचाईमा,एकैदिन ३ हजार ४ सय रुपैयाँले बढ्यो





प्रतिक्रिया