चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

विदुर खबर २०७९ साउन ९ गते २१:४२

नुवाकोट । चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी नियुक्त भएका छन् ।

Advertisement

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । अध्यक्ष पदका लागि १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा छनोट गरेको थियो ।

Advertisement

उम्मेदवारहरूमध्ये मुख्य दाबेदारका रूपमा अभिनेता भुवन केसी र सम्झना उप्रेती रौनियारको चर्चा दयाराम दाहालको कार्यकाल सकिएलगत्तै सुरु हुन थालिसकेको थियो ।

प्रतिक्रिया