साताको अन्तिम दिन सेयर बजार राताम्मे

विदुर खबर २०७९ साउन ५ गते १९:४४

नुवाकोट । साताको अन्तिम दिन सेयर कारोवार मापक नेप्से घटेको छ ।

Advertisement

लगातार ८ दिनको वृद्धिपछि बिहीबार सेयर बजारको परिसूचक नेप्से ५।८७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०४४ अंकमा कायम भएको छ । कुल १ अर्ब ६४ करोडको कारोबार भयो । बैंकिङ र अन्यबाहेकका सबै उपसमूह घटेका छन् ।

बैंकिङ २ र अन्य १६ अंक बढे । विकास बैंक ३४, फाइनान्स १५, होटल तथा पर्यटन २०, जलविद्युत १४, जीवन बीमा १५०, उत्पादन १३, माइक्रोफाइनान्स २१, निर्जीवन बीमा ६४ र ब्यापार उपसमूह ३२ अंक घटे ।

Advertisement

सेन्ट्रल फाइनान्सको मूल्य सबैभन्दा धेरै ३ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन डिस्टिलरी र एसबीआई क्रमशस् अगाडि रहे ।

प्रतिक्रिया