आगामी निर्वाचनसम्म तालमेल हुन्छ : प्रकाशशरण महत

विदुर खबर २०७९ साउन ५ गते ६:४५

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी निर्वाचनसम्म तालमेल गरेर जाने निर्णय भएको बताएका छन्।

Advertisement

नेपाल प्रेस युनियन चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तालमेल गर्न जटिल भए पनि आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धनको तालमेल हुने बताए।

उनले भने, ‘स्थानीय तहको निर्वाचनको अनुभवले पनि हामीलाई विश्वास बढाएको छ।’ स्थानीय निर्वाचनको नतिजालाई सबै दलले सन्तोषजनकरुपमा लिएको भन्दै उनले यसैलाई आधार मानेर निर्वाचनमा जाने बताए।

Advertisement

उनले भने, ‘मलाई विश्वास छ। यो गठबन्धन टुट्दैन।’ शीर्ष नेताहरू समेत गठबन्धन नतोड्ने पक्षमा रहेको उनको भनाइ थियो।

तालमेल गर्दा पार्टीको नेतृत्वदायी भूमिका र समग्रमा पार्टीपंक्तिकाे भावनाअनुसार हुने उनले बताए। फरक प्रसंगमा उनले सरकारले अहिले देश विकास, स्थायित्व र जनआकांक्षाअनुसार काम गरेको बताए।

Advertisement

उनले भने, ‘सरकारमा रहेर देशको विकास कसरी गर्न सकिन्छ भन्नेतर्फ हाम्रो ध्यान गएको छ।’ विषम परिस्थितिमा कांग्रेसको नेतृत्वमा सरकार बनेको भन्दै उनले त्यसको सामना गर्दै अघि बढेको बताए।

प्रतिक्रिया