गोसाइँकुण्ड मेला १० हजार भक्तजनले भरे

रसुवा- रसुवाको धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा करिब १० हजार भक्तजन भित्रिएका छन्।
हरेक वर्ष पुत्रदा एकादशीदेखि साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाका दिनसम्म लाग्ने मेला भर्न देशविदेशका भक्तजन आएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताए। गत वर्ष ७ हजारले मेला भरेका थिए। मेला अवधिमा मात्र नभई पछिल्लो समय गोसाइँकुण्डमा बाह्रै महिना आवतजावत हुने गरेको पाइन्छ। गोसाइँकुण्ड जाने सडक मार्ग अन्तर्गत राम्चे र मूलखर्कमा बर्सेनि जाने पहिरो यस रोकिएकाले तीर्थयात्रीको संख्यामा वृद्धि आएको हो।
कुण्डमा स्नान गरी गोसाइँबाबा भगवान् शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुका साथै आफूले चिताएको मनोकांक्षा पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौं भक्तजन कुण्डमा स्नान गर्न आउने गर्दछन्। मेला अवधिभर गोसाइँकुण्ड क्षेत्रमा हुन सक्ने घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था तथा सतर्कता उच्च बनाएकाले कुनै पनि घटना नभएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। यात्रुहरुले समेत भेला भर्नका लागि सहज भएको बताएका छन्।
खाना–नास्तामा दररेट निर्धारण गरिएकाले पनि एकरुपता पाएका उनीहरुको भनाइ छ।गोसाइँकुण्ड गाउँपालिका ५ मा रहेको यो पवित्र स्थल समुद्री सतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाइमा रहेको छ। गोसाइँकुण्डमा हरेक वर्ष गंगादशहरा र जनैपूर्णिमा गरी वर्षको दुई पटक मेला लाग्ने गर्दछ। सन् २००७ सेप्टेम्बरमा गोसाइँकुण्ड रामसार सूचीमा समेत सूचीकृत छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया