नुवाकोटका कार्कीको ‘फूलको माला’ सार्वजनिक
विदुर खबर
२०७९ असार ३० गते १८:४६

नुवाकोट । नुवाकोटका चर्चित गायक उद्धव कार्कीको स्वर रहेको ‘फूलको माला’ बोलको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ ।
प्रकाश पराजुलीको शब्द संकलन रहेको यस गीतको संगीत संयोजन नारायण दंगालले गरेका छन् । उक्त म्युजिक भिडियोमा अनु पराजुली र राजाराम सिम्खडाको अभिनय रहेको छ ।
‘फूलको माला’ बोलको म्युजिक भिडियोको निर्देशन चित्र मास्की मगरले रहेको छ भने नविन घर्ती मगरले सम्पादन गरेका छन् । यस म्युजिक भिडियोलाई शिवपुरी म्युजिक च्यानलले युट्युबमा सार्वजनिक गरेको हो ।
गायक कार्कीको स्वरमा चर्चित गीतहरु बजारमा आइसकेका छन् ।
सम्बन्धित
प्रतिक्रिया