कांग्रेसकी भुसाललाई उपसभामुख बनाउने सहमति

विदुर खबर २०७९ असार ३० गते ८:४९

नुवाकोट ।  प्रतिनिधिसभामा खाली रहेको उपसभामुख पदको लागि यही शुक्रबार निर्वाचन हुने भएको छ ।

Advertisement

संसद् सचिवालयले बुधबार लामो समयसम्म खाली रहेको उपसभामुख पदको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुभएको छ ।

यसैबीच सत्ता गठबन्धले नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई प्रतिनिधिसभाको उपसभामुखको उम्मेदवार बनाउन सहमति जुटेको कांग्रेसका नेता मीन विश्वकर्माले बताउनुभयो ।

Advertisement

उपसभामुखका लागि शुक्रबार हुने निर्वाचनका लागि बिहीबार मनोनयन दर्ता हुँदैछ । सत्ता गठबन्धनका सबै सांसदले मत दिए भुसाल उपसभामुख निर्वाचित हुने निश्चित छ । वि.सं. २०७४ चैतमा भएको चुनावमा भुसाललाई एमालेकी शिवमाया तुम्बाहाङ्फेले हराउनुभएको थियो । वि. सं. २०७६ फागुनमा तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद खाली रहेको थियो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उपसभामुख पदमा उम्मेदवारी दिने विषयमा कुनै निर्णय गरेको छैन । नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले पार्टीभित्र छलफल गरेर उपसभामुखको उम्मेदवार टुंगो लगाई मनोनयन दर्ता गराइने बताउनुभयो ।

Advertisement

प्रतिक्रिया