हिमालयन र सिभिल बैंकबीच कुरा मिल्यो, आज मर्जरको सम्झौता

विदुर खबर २०७९ असार २९ गते ७:५६

नुवाकोट । अन्ततः हिमालयन बैंक लिमिटेडमा सिभिल बैंक लिमिटेड गाभिने भएको छ ।

Advertisement

मर्जरका लागि गत शुक्रबार तय भएको प्रारम्भिक सम्झौता गर्ने कार्यक्रम भाँडिएपछि हिमालयन र सिभिल बैंक गाभिने सम्भावना कमजोर बनेको थियो ।

तर, लगातारको छलफलपछि सिभिल र हिमालयन बैंकले मर्जरमा सहति जुटाएका छन् । बुधबार दुई बैंकबीच मर्जरका लागि प्रारम्भिक सम्झौता हुने तय भएको हिमालयन बैंकका एक सञ्चालकले जानकारी दिए ।

Advertisement

आज सेयर कारोबार समयपछि सम्झौतापत्रमा हस्ताक्षर गर्ने तय भएको छ । संयुक्त कारोबार हिमालयन बैंकको नामबाट गर्ने समझदारी छ । हिमालयन बैंकमा हाल १०० कित्ता सेयर रहेको सिभिल बैंकमा सेयरधनीको मर्जरपछि ८१ कित्ता सेयर हुने औपचारिक सहमति हुने भएको छ ।

सिभिलका सीईओलाई दोस्रो बरियतामा राख्ने र सम्मानजनक रुपमा कर्मचारी समायोजन गर्ने र अहिले हिमालय बैंकको सञ्चालक समितिलाई निरन्तरता दिने सहमति भएको ती सञ्चालकले जानकारी दिए ।

Advertisement

२०७८ वैशाखमा नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जरमा जाने प्रारम्भिक सहमति भए पनि स्वाप रेसियो लगायका विषयमा विवाद भएपछि उक्त मर्जर असफल भएको थियो ।

१ः१ को स्वाप रेसियोमा मर्जरमा जाने प्रारम्भिक सहमति गरेको भएपनि हिमालयन बैंकको साधारण सभाले उक्त स्वाप रेसियोमा मर्जरमा जान नसकिने भन्दै मर्जर प्रस्ताव अस्वीकृत गरेपछि सम्झौता भएको ९ महिनापछि मर्जर तोडिएको थियो ।

प्रतिक्रिया