प्रदेश नं ३ सरकारले पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङ मार्ग निर्माण गर्ने
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङ मार्ग निर्माण गर्ने बताउनुभएको छ ।
उहाँले सन् २०१२ मा उक्त सुरुङमार्ग चार वर्षभित्र निर्माण गर्ने भनी नेपाल पूर्वाधार विकास कम्पनीले सरकारसंँग सम्झौता गरे पनि हालसम्म कुनै काम नगरेकाले अब प्रदेश सरकारले नै निर्माण अगाडि बढाउने स्पष्ट गर्नुभयो ।
मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न रु पाँच करोड बजेट छुट्याइसकेको जानकारी दिँदै प्रदेश गौरवको आयोजनाको परियोजनाअन्तर्गत राखेर अति महत्वका साथका साथ निर्माण अगाडि बढाइने बताउनुभयो ।
पूर्वाधार विकास कम्पनीले नेपाल सरकारसँंग २०२२ सम्म समय थप गरे तापनि अब उक्त कम्पनीले केही काम गर्न नसक्ने स्पष्ट भएकाले सम्झौता खारेजीका लागि केन्द्र सरकारसंँग प्रदेश सरकारले अनुरोध गरेको छ । हालसम्म कम्पनीले कामको डोबसम्म नलगाएको बताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो, “अब उसले केही गर्न सक्छ भन्ने आश छैन, खरबौंँ रकम व्यक्तिको कम्पनीमा जमानी राखेर सरकारले काम गराउन सक्दैन तर हामीलाई उक्त मार्ग जसरी पनि बनाउनु छ, त्यसैले यसको जिम्मा प्रदेश सरकार आफैँले लिन्छ ।” सर्वसाधारणले सुरुङमार्ग निर्माणका लागि लाखौंँ रुपैयाँ कम्पनीलाई बुझाएकाले अब जनताले उक्त रकम खोई भनी खोज्ने बेला आएको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया