नेपालमा काेराेना संक्रमित बढ्दै, साेमबार १६८ जना थपिए
विदुर खबर
२०७९ असार २७ गते १९:३०
नुवाकोट । कोरोना संक्रमण पुष्टि हुनेको संख्या सोमबार पनि बढेको छ । पछिल्लो २४ घण्टामा १६८ जना कोरोना संक्रमित थपिएका छन् ।
आज थपिएका सक्रमितको संख्या पछिल्लो चार महिना यताकै उच्च हो । यसअघि फागुन २५ गते २२५ जना कोरोना संक्रमित थपिएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा भएको कुल तीन हजार २० नमुना परीक्षणमध्ये सो संख्यामा संक्रमण पाइएको हो ।
यसरी एक हजार ८३४ पीसीआर परीक्षण गर्दा १२९ जना र एक हजार १८६ एन्टिजेन परीक्षण गर्दा ३९जना कोभिड १९ पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सोमबार कोरोना मुक्त हुने भने ३७ जना छन् । हाल देशमा सक्रिय संक्रमितको संख्या ७७० रहेको छ । केहि समययता कोभिड १९ का कारण निधन हुनेको संख्या शून्य रहेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते
कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत





प्रतिक्रिया