जसपा फुटको औपचारिक घोषणातर्फ
नुवाकोट । जनता समाजवादी पार्टी (जसपा) फुटको औपचारिक घोषणाको निकट पुगको छ ।
अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपाको दुई खेमालाई नेतृत्व गर्दै पार्टी फुटाउने तयारी भएको छ । दुवै नेताले आइतबार छुट्टाछुट्टै बैठक बोलाएपछि फुटले औपचारिक स्वरूप लिन लागेको हो । अध्यक्ष यादवले असार २९ र ३० गते वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलाउनुभएको छ भने डा. भट्टराईले त्यसभन्दा एक दिनअघि असार २८ र २९ गते काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक डाक्नुभएको छ ।
यादवले वीरगञ्जमा बोलाएको बैठकमा पार्टीमा देखिएको मतभेदका विषयमा छलफल हुने जनाइएको छ । यससँगै स्थानीय तहको चुनाव समीक्षा र आगामी चुनावको तयारीका विषयमा छलफल हुने एजेन्डा छ ।
यसै गरी, भट्टराईले काठमाडौंमा बोलाएको बैठकमा समसायमिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । बैठकमा भट्टराईले राजनीतिक प्रतिवेदन पेस गर्ने एजेन्डा छ ।
यससँगै पार्टीको आन्तरिक विवाद, स्थानीय चुनावको समीक्षा, र आगामी चुनावको तयारीबारे छलफल हुने पदाधिकारी र केन्द्रीय सदस्यलाई पठाएको पत्रमा उल्लेख छ ।भट्टराईले बोलाएको बैठकलाई भने यादव पक्षले गैरकानुनी भन्दै विरोध गरेको छ ।
जसपा केन्द्रीय कार्यालय प्रमुखले जारी गरेको विज्ञप्तिमा ‘केही अराजक एवं गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णयविपरीत काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको भनेर भ्रम फैलाइएको बुझिन आएको’ उल्लेख छ ।
जसपाको विवादको पृष्ठभूमि
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनमा सजिलो हुनेगरी अध्यादेश ल्याएपछि तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भई जसपा गठन हुँदा भएको त्रुटि नै जसपा विवादको बीज बनेको छ ।
सो अध्यादेशले समाजवादी पार्टी विभाजन हुने खतराका कारण सोही पार्टीका उपेन्द्र यादव र डा. बाबुराम भट्टराईको जोडबलमा हतारमा एकता भएको थियो । तर, ओलीको ‘प्रतिगमन’ बढ्दै जाँदा यादव–भट्टराई प्रतिवादमा उत्रिए, जसपाकै महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष ओलीको सहयोगी बन्न पुग्यो । पार्टीभित्र द्वैध नेतृत्व सञ्चालन हुन थाल्यो । अन्ततः गत भदौमा जसपा विभाजन भयो । ठाकुर–महतो पक्षले लोसपा गठन गरे ।
महन्थ पक्ष निस्किएपछि जसपाभित्रको विवाद साम्य हुने राजनीतिक विश्लेषण थियो । तर, यादव एकलौटी ढंगले अघि बढ्न थालेको भट्टराई–राई पक्षको बुझाइ बन्यो । प्रधानमन्त्रीमा शेरबहादुर देउवा आइसकेपछि यादवले आफू पक्षका नेताहरूलाई मन्त्रिपरिषद्मा पठाउनुभयो । डा. भट्टराई समूहमा असन्तुष्टि र आशंका बढ्यो ।
जसपाका १९ सांसद्मध्ये उपेन्द्र, बाबुराम र अशोकबाहेक सबैले सरकारमा पठाइदिन दबाब दिन थाले । भएका सबै सांसदलाई मन्त्री बनाउन सक्ने अवस्था थिएन । परिणामतः उपेन्द्र पक्षकै धेरै सांसद चिढिए । त्यसपछि उपेन्द्र पक्षकै भनिएका सांसदहरू पनि बाबुरामतिर नजिकन थाले । त्यसपछि डा. भट्टराईले पनि पार्टीको निर्णयमा सामूहिकता माग गर्न थाल्नुभयो ।
पार्टीमा आफूविरुद्धको माहोल बनिरहेकोमा यादवले वास्तै गर्नुभएन, एकल निर्णयमा चल्ने र बैठक नराख्ने अलोकतान्त्रिक अभ्यास बढाउन थाल्नुभयो । राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनबाट पार्टीले पाउने सिट संख्या र उम्मेदवारमा पनि यादवले एकलौटी नै गर्नुभयो ।
भट्टराईले आफू संघीय परिषद् अध्यक्ष भएको भन्दै अशोक राईको हस्ताक्षर चल्ने गरी दुई अध्यक्षात्मक व्यवस्थामा जानुपर्ने माग गर्नुभयो । ‘खासमा डा. भट्टराई आफैं कार्यकारी अध्यक्षसहित दुई अध्यक्षात्मक स्वरूपमा जान खोज्नुभएको रहेछ ।
आफू हुन नसक्ने अवस्था देखेपछि आफू अनुकूल निर्णय गराउन सहज हुने गरी अशोकजीलाई अघि सार्नुभएको रहेछ’ जसपाका एक नेताले नाम उल्लेख नगर्ने शर्तमा भने । भट्टराई–राई पक्षले दुई अध्यक्षात्मक व्यवस्थाको वकालत गर्न थालेपछि यादवले भने सल्लाह गरौंला भन्दै टार्दै आउनुभएको थियो । देउवा नेतृत्वको सरकार बनेपछि शुरू भएको विवाद राष्ट्रिय सभा उम्मेदवार छनोट, एमसीसी विवादसम्म आइपुग्दा पार्टी नै विभाजन हुने अवस्थामा पुग्यो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण





प्रतिक्रिया