देशभर मनसुनी वायुको प्रभाव: केही ठाउँमा भारी वर्षा हुने

विदुर खबर २०७९ असार २५ गते ७:५५

नुवाकोट । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर नै मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।

Advertisement

अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशको बाँकी भू-भागमा आँशिकदेखि सामान्य बदली रहेको विभागले जनाएको छ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। विभागका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षा समेत भइरहेको छ।

Advertisement

देशका अन्य भू-भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जानकारी दिएको छ। विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका नुसार आज (शनिबार) दिउँसो देशका पहाडी भू-भागमा सामान्य देखी पूर्ण  बदली रहनेछ र बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।  लुम्बिनी प्रदेश  र सुदूरपश्चिम प्रदेशका  थोरै स्थानहरुका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Advertisement

शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाका अनुसार शनिबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना छ। विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भवना भएकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ।

यस्तै, नदी–नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन, यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया