जिल्ला प्रशासन कार्यालय नुवाकोटमा राप्रपाको धर्ना
विदुर खबर
२०७९ असार २५ गते ७:५०

नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले किसानलाई मल र बीउ उपलब्ध गराउनुपर्ने लगायतका १९ बुँदे मागसहित जिल्ला प्रशासन कार्यालय अगाडि बिहीबार १ घण्टा धर्ना दिएको छ ।
राप्रपा जिल्ला अध्यक्ष कुलबहादुर खड्गीको नेतृत्वमा नाराजुलुससहित प्रशासनमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई मागपत्र बुझाएर कार्यालय अगाडि धर्ना दिएका थिए ।
मागपत्रमा किसानलाई मल र बीउ उपलब्ध गराइनुपर्ने, भ्रष्टाचार, महँगी नियन्त्रण गर्नुपर्ने, जनजीविकाका सवाल, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण गर्नुपर्ने, सुशासन र समृद्धि कायय गर्नुलगायतका १९ बुँदा समेटिएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया