स्थगित विदुर नगरपालिकाको नगरसभा आज बस्दै

नुवाकोट । बहुमत सदस्यको वहिस्कारपछि गत शुक्रवार १० गते स्थगित भएको विदुर नगरपालिकाको नगरसभा आज बस्दै छ ।

दिउँसा १ बजेका लागि बोलाइएको नगरसभा आज पनि बस्ने नबस्ने टुङ्गो लागेको छैन । नेकपा एमालेवाट निर्वाचित जनप्रतिनिधीले बहिस्कार गरेपछि विदुरको नगर सभा आज बस्ने गरि स्थगित गरिएको थियो ।
वहुमत सदस्यको अनुपस्थितीका कारण नगरसभा नगरप्रमुख राजन श्रेष्ठले स्थगित गरेका थिए । एमालेबाट निर्वाचित जनप्रतिधिीले आफूहरुसँग “सल्लाह नगरी निती, कार्यक्रम तथा वजेट ल्याउन खोजिएको भन्दै आपत्ति जनाएका थिए ।
एमालेबाट निर्वाचित विदुर ११ का वडाध्यक्ष बावुराम लामाले आज पनि नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत हुने वा नहुने भन्ने अन्यौलता रहेको बताए । हाम्रो मागलाई नगरप्रमुखले सम्बोधन गर्नुहसन्छ भन्ने विश्वास लिएका छौ, तर हाम्रो मागको विषयमा अझै छलफल भने भएको छैन उनले भने ।
वडाध्यक्ष लामाले एकलौटी रुपमा बहुमत सदस्यहरुलाई पेलेर आयोजन गर्ने सभामा आफुहरुको उपस्थिति नरहने समेत बताए ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आआफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ ।
स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजन विधेयकसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
प्रतिक्रिया