स्थगित विदुर नगरपालिकाको नगरसभा आज बस्दै
नुवाकोट । बहुमत सदस्यको वहिस्कारपछि गत शुक्रवार १० गते स्थगित भएको विदुर नगरपालिकाको नगरसभा आज बस्दै छ ।

दिउँसा १ बजेका लागि बोलाइएको नगरसभा आज पनि बस्ने नबस्ने टुङ्गो लागेको छैन । नेकपा एमालेवाट निर्वाचित जनप्रतिनिधीले बहिस्कार गरेपछि विदुरको नगर सभा आज बस्ने गरि स्थगित गरिएको थियो ।
वहुमत सदस्यको अनुपस्थितीका कारण नगरसभा नगरप्रमुख राजन श्रेष्ठले स्थगित गरेका थिए । एमालेबाट निर्वाचित जनप्रतिधिीले आफूहरुसँग “सल्लाह नगरी निती, कार्यक्रम तथा वजेट ल्याउन खोजिएको भन्दै आपत्ति जनाएका थिए ।
एमालेबाट निर्वाचित विदुर ११ का वडाध्यक्ष बावुराम लामाले आज पनि नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत हुने वा नहुने भन्ने अन्यौलता रहेको बताए । हाम्रो मागलाई नगरप्रमुखले सम्बोधन गर्नुहसन्छ भन्ने विश्वास लिएका छौ, तर हाम्रो मागको विषयमा अझै छलफल भने भएको छैन उनले भने ।
वडाध्यक्ष लामाले एकलौटी रुपमा बहुमत सदस्यहरुलाई पेलेर आयोजन गर्ने सभामा आफुहरुको उपस्थिति नरहने समेत बताए ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आआफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ ।
स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजन विधेयकसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया