विदुरलाई बालश्रममुक्त्त बनाउन सामुहिक प्रतिवद्धता

नुवाकोट । विदुर नगरपालिका भित्र बालश्रम अन्त्य गर्ने विषयमा सबै सरोकारवालाहरु सहमत भएका छन् ।

आज नुवाकोटको सदरमुकाम विदुरमा नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा आयोजित बालश्रममुत्त स्थानिय तह घोषणा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै सरकारवालाहरु जिल्लाको सदरमुकाम क्षेत्रमा भएकोले पनि विदुर नगरपालिकालाई बालश्रममुक्त्त बनाउनुपर्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले नगरपालिकाको वडा नम्बर २ र ४ लाई बालश्रम मुक्त्तक्षेत्र घोषणा गर्ने तयारी रहेको बताए । मेयर श्रेष्ठ नगरपालिकाले बालश्रमलाई अन्त्य गर्न प्राथमिकतामा राखेरकाम गर्ने बताए ।
यस्तै कार्यक्रममा विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले बालश्रम अन्त्य गर्न चुनौती रहेपछि सरकारले लिएको महत्वपुर्ण लक्ष्यलाई स्थानिय तहले सहयोग गर्ने बताइन् । उनले जिल्लाको हरेक होटल र यातायातका क्षेत्रमा बालकहरु प्रयोग बढी रहेकोले त्यसलाई न्युनीकरण गर्नुपर्ने बताइन् ।
यस्तै कार्यक्रममा नेपाल सकार सह–सचिव डा.दिपक काफ्लेले बाल बालिकाको संरक्षणको लागि नगरपालिकाले निति र योजना बनाएर अघि बढुनुपर्नुे बताए । उनले सकारले वि.स. २०८२ सालसम्म बालश्रम निवारण गर्ने लक्ष्य लिएको भन्दै सबै पालिकाहरुले यस विषयलाई गम्भीर भएर लिनुपर्ने बताए ।

कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद मरासिनीले विदुर नगरपालिकाले हालसम्म बालबालिका र बालश्रमको क्षेत्रमा काम गरेपनि नगरपालिकामा बालश्रमको अवस्थावारे जानकार नभएको बताए ।
कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उप–सचिव गुरुदत्त सुवेदीले बालश्रम निवारणक सम्बन्धमा संवैधानिक तथा कानुनी व्यवस्था तथा हालसम्म भएका प्रयासहरु वारे जानकारी गराएका थिए ।
कार्यक्रममा नेपालमा हालसम्म ११ लाख बालबालिकाहरु बालश्रममा संलग्न रहेको जानकारी गराइएको थियो ।
प्रतिक्रिया