नुवाकोटमा लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको मनाइयो
नुवाकोटमा लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाईएको छ । जिल्ला प्रशाशन कार्यालय नुवाकोटको आयोजनामा प्रभातफेरी सहित दिवस मनार्ईएको हो ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायण रिसालले लागु पदार्थ दुब्र्यसन र ओसारपसार विरुद्ध एक्यवद्धता जनाउन आव्हान गर्दै प्रभातफेरीको शुरुवात गरेका थिए । जिल्लाको बट्टार वजारमा रहेको नुवाकोट आदर्श वहुमुखी क्याम्पसबाट शुरु भएको प्रभातफेरी विदुरमा पुगेर सम्पन्न भएको हो ।
सहभागीहरुले ‘बनाऔ लागु औषध मुक्त गाउँ सहर, मिलेर संघ प्रदेश अनि स्थानीय सरकार’,..‘सुखी नेपाली समृद्ध नेपालको सपना, लागुऔषधमुक्त समाज हाम्रो परिकल्पना’..लगायतका सन्देशमुलक प्ले कार्ड सहित ¥यालीमा सहभागिता जनाएका थिए ।
¥यालीमा जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, जिल्ला ट्राफिक कार्यालय, विदुर नगरपालिकाको कार्यालय लगायत सरकारी कार्यालयका अतिरिक्त नुवाकोट उद्योग वाणिज्य संघ, गैसस महासंघ, नेपाल रेडक्रस सोसाईटी लगायत पेशागत र सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधी र नुवाकोट आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीको सहभागिता रहेको थियो ।

हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ ओसारपसार तथा अवैध तस्करीविरुद्ध दिवसका रूपमा मनाउने गरिएको छ । यस वर्ष ‘स्वास्थ्य र मानवीय सङ्कटका समयमा लागु पदार्थको चुनौतीहरूको सम्बोधन’ भन्ने नाराका साथ विश्वभरि नै यो दिवस मनाईदै छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया