मैले माइन्युट च्यातेको छैन : वडाध्यक्ष ढुङ्गेल

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष निलमवावु ढङ्गेलले आफुले माइन्युट नच्यातेको बताएका छन् ।

सामाजिक संजाल टुवीट्रमा एक भिडियो सार्वजनिक गर्दे ढुङ्गेलले आफुले माइन्युटको फोटोकपि नचातेको बताएका हुन् । माइन्युटको फोटो कपि लिन नगरपालिकाको कार्यालयमा आफु पुगेको भन्दै उनले आफुलाई नगरप्रमुख राजन श्रेष्ठले माइन्युट च्यातेको आरोप लगाएको उनले बताए । उनले आफुलाई लगाएको आरोपमा कुनै सत्यता नरहेको बताए ।
नगरपालिकाको कार्यालयको सिसिटिमीमा समेत ढुङगेलले माइन्युट च्याचेको कुनै प्रमाण भेटिएको छैन । तर उनी हातमा एक पाना कागज हातमा लिएर वाहिर भने निस्किएका छन् ।
तर ढुङ्गेलले बजेट हेर्न नदिएको भन्दै माइनुट च्यातेपछि नगरसभा असार १४ गतेसम्मका लागि स्थगित गरेको नगर प्रमुख राजन श्रेष्ठले आरोप लगाएका छन् ।
शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट ल्याउन नगरपालिकाको जनप्रतिनिधिहरु जिल्ला समन्वय समितिको सभाहल विदुरमा भेला भएको समयमा कार्यपालिका सदस्य एवं वडाध्यक्ष निलमबाबु ढुंगेलले नगरपालिकाको कार्यालयमा प्रवेश गरेर बिहान साढे ९ बजे शाखा अधिकृत रामहरि खनालसँग फोटोकपी गर्न लिएको बैठकको निर्णय पुस्तिकाको पाना च्यातेको छ,’ नगरप्रमुख श्रेष्ठले विज्ञप्तिमा लेखेका छन ।
नगरसभाको माइन्युट च्यातेको अभियोग लागेका वडाध्यक्ष ढुंगेलले बदनाम गराई राजनीतिक पूर्वाग्रहीको रुपमा झुठो आरोप लगाएको बताए ।
नगर प्रमुख श्रेष्ठले जिम्मेवार जनप्रतिनिधिले मतभेदलाई छलफल र वार्ताको माध्यमबाट समाधान गर्नुको सट्टा आक्रोश र कुण्ठाको भावनाले सरकारी दस्तावेजलाई नष्ट गरी कानुनको बर्खिलाप गरेको उनले बताए ।
प्रतिक्रिया