म्यागङले १२ कक्षा उत्तीर्ण गरेपछि विवाह गर्नेलाई पुरस्कार दिने
नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिकाले छोरीहरुलाई उच्च शिक्षा अध्ययन नै नगराई विवाह गराईदिने प्रवृत्तिलाई निरुत्साहित गर्न महत्वपूर्ण निर्णय गरेको छ।
गाउँपालिकाको पूर्ण कार्यपालिका बैठकले गाउँपालिकाभित्रका छोरीलाई २० वर्ष उमेर पूरागरि कम्तीमा १२ कक्षा उत्तिर्ण गराई विवाह गराउने परिवारलाई सम्मान र नगद पुरस्कार दिने निर्णय गरेको छ।
यस्तो गर्ने परिवारलाई सम्मान तथा बधाइसहित प्रोत्साहन स्वरुप नगद १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका कार्यालयले जनाएको छ। गाउँपालिकाको उक्त निर्णयले पालिकाको मानव विकास सूचकांकमा समेत उल्लेख्य सुधार आउने र छोरीहरुलाई उच्च शिक्षा अध्ययन गराउन अभिभावकहरु उत्प्रेरित हुने गाउँपालिकाको विश्वास रहेको म्यागङ गाउँपालिकाका अध्यक्ष आशाबहादुर तामाङले बताए।
उनका अनुसार यसबाट अभिभावकहरुमा छोरीलाई पूर्ण शिक्षा दिनुका साथै छोरीहरु आफैं सचेत हुनेसमेत लक्ष्य लिइएको छ। म्यागङ अधिकांश तामाङ समुदायको बसोबास रहेको गाउँपालिका हो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया