विवादको कारण विदुर नगरपालिकाको नगरसभा स्थगित

विदुर खबर २०७९ असार १० गते १६:२८

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाको नगरसभा विवादको कारण स्थगित भएको छ ।

Advertisement

आज विहान ८ बजे नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम एंव बजेट सार्वजनिक गर्न बोलाएको नगरसभामा गणपुरक संख्या नपुगेको भन्दै नगरप्रमुख राजन श्रेष्ठले आजको लागि बोलाइएको नगरसभा स्थगित भएको घोषणा गरेका थिए । स्थगित भएको नगरसभा आउँदो असार १४ गते बस्ने मेयर राजन श्रेष्ठले जानकारी दिए ।

विदुर नगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिकामा पेश नगरिकनै नगर परिषदमा पेश गर्ने निर्णय गरेको भन्दै जनप्रतिनीधिहरुले विरोध जनाएपछि स्थगित भएको हो। नगरसभामा नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले नियमसंगत ढंगले नगरसभा संचालन नगरेकोले आफुहरुले असहमति जनाएको बताएका छन् ।

Advertisement

विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रहेका लेनिन रन्जितले निति तथा कार्यक्रम र बजेट कार्यपालिकाबाट पास गरेपछि नगरसभामा पेश गर्नुपर्ने निति तथा कार्यक्रमहरु सिधै नगरपरिषदबाट पास गर्ने निर्णय गरिएकोले आफुहरुले असहमति जनाएको बताए ।

नुवाकोटमा रहेका १२ ओटा स्थानिय तहमा पहिलोपटक समयमै बजटे पास नभएको विदुर नगरपालिकामा पाहिलो पटक हो ।

Advertisement

प्रतिक्रिया