शुशिलको अवको यात्रा कता ?
सन्तोषी अर्याल नुवाकोट । शुशिल अर्थात शान्त स्वभाव । यिनै शान्त स्वभाव भएका शुशिल खड्काको आगामी राजनितिक भविष्य कता मोडिएला भन्ने आम चासो आजभोलि दुप्चेश्वर गाउँपालिका मात्र नभई शिवपुरी, तादी र पन्चकन्या गाउँपालिकामा समेत चल्न थालेको छ ।

गत मंसिरमा सम्पन्न भएको नेपाली कांग्रेसको १४ औ महाधिवेशनबाट नेपाली कांग्रेस क्षेत्र नम्बर १ को प्रदेश (क) को सभापतिमा निर्वाचित भएका खड्काले गत वैशाख ३० गते सम्पन्न भएको स्थानिय निर्वाचनमा पार्टीमा दुख गरेका र क्षमतावान सहकर्मीहरुको योगदानलाई नेपाली कांग्रेसले अवमुल्यन गरेको भन्दै वैशाख १२ गते झण्डै ४ सय ५० भन्दा बढी नेता तथा कार्यकर्ता लिएर एमाले प्रवेश गरेका थिए ।
खड्कासहित दुप्चेश्वर गाउँपालिकाका निर्वतमान अध्यक्ष योविन्द्रसिंह तामाङ पार्टी प्रवेश गरेकोले उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फुलमाला लगाएर पार्टी प्रवेश गराएका थिए ।
शुशिलसँगै नेपाली कांग्रेस छाडेका नेता तथा कार्यकर्ताहरुको प्रभावले २०७४ सालमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित बहुमत कार्यपालिका सदस्य जितेको कांग्रेस यसपटकको स्थानिय निर्वाचनमा दुप्चेश्वरको केही वडामा मात्र सिमित भयो । दुप्चेश्वर गाउँपालिकामा मात्रै नभएर शुशिलको शिपवुरी गाउँपालिका, तादी गाउँपालिका र पन्चकन्या गाउँपालिकामा पनि राम्रो प्रभाव छ ।
कमलो मन भएका शुशिलले दुःख पाएका र गरिव तथा असहायहरुलाई सहयोग गर्न सधैँ जाने हुनाले उनी बालकदेखि बृद्धसम्म परिचित छन् । समाजसेवा सँगसँगै राजनितिमा होमिएका खड्काले समाजसेवालाई प्राथमिकतामा राख्दै आएका छन् ।
सबैमाझ निकै परिचित र संभावना बोकेका नेता भएकोले नेपाली कांग्रेस परित्याग गरेको झण्डै साढे दुई महिना बित्तिसक्दा समेत नेपाली कांग्रेसले उनलाई कारवाही गरेको छैन । उनलाई पार्टीमा फिर्ता ल्याउन नेपाली कांग्रेसका केन्द्रिय नेताहरु लागि परेका छन् ।
उनलाई पुन ः कांग्रेसमा ल्याउन काग्रेसका प्रवत्ता डा. प्रकाशशरण महत, डा. रामशरण महत, केन्द्रिय सदस्य अर्जुननरसिंह केशी, वहादुरसिंह लामा लगायत लागि परेका छन् ।
यस्तै उनलाई एमालेमै टिकाउन एमालेका केन्द्रिय नेतादेखि जिल्ला तहका नेताहरु समेत लागि परेका छन् । एमालेले उनलाई आगामी मंसिरमा हुने भनिएको प्रदेशसभाको निर्वाचनमा प्रदेशसभा सदस्यको लागि टिकट दिने समेत अफर गरिसकेको छ ।
नेपाली कांग्रेस र एमाले दुबै पार्टीको अफरमध्ये शुशिलले कसलाई रोज्लान यसले शुशिलको आगामी यात्रा तय गर्नेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया