नुवाकोटमा मुल्य वृद्धिको विरोधमा अनेरास्ववियुको प्रर्दशन

विदुर खबर २०७९ असार ७ गते २०:५४

नुवाकोट । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नुवाकोटमा प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको भ्रातृ संगठनले प्रदर्शन गरेको छ ।

Advertisement

एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध पार्टी विदुरबाट राके जुलुस निकालेको हो ।

प्रर्दशनमा युवाहरुले मुल्य बृद्धि नियन्त्रण गर, भ्रष्ट्र सरकार मुर्दावाद लगायतको नारा लगाएका थिए ।

Advertisement

सरकारले सोमबारबाट लागू हुने गरि पेट्रोलियम पदार्थको मुल्यमा भारी वृद्धि गरेपछि चौतर्फी रुपमा सकारको आलोचना भइरहेको छ ।

प्रतिक्रिया