दोर्दीखोला जलविद्युतको आईपीओ भोलि बाँडफाँड

विदुर खबर २०७९ असार ७ गते १८:५१

नुवाकोट । दोर्दीखोला जलविद्युत कम्पनीको आईपीओ भोलि (बुधबार) बाँडफाँड हुने भएको छ। 

Advertisement

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा दोर्दीखोला जलविद्युतको आईपीओ बाँडफाँड हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको छ। 

कम्पनीले जेठ २६ गतेदेखि ३१ गतेसम्म १०० अंकित दरका कुल २१ लाख ९५ हजार ५०९ कित्ता आईपीओ जारी गरेको थियो। जसमा ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता सामुहिक लगानी कोष र ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी २० लाख १९ हजार ८६९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था रहेको थियो।

Advertisement

यो आईपीओमा १५ लाख ६४ हजार ५०० भन्दा बढी आवेदकबाट १ करोड ७९ लाख ३३ हजार बढी कित्ता सेयर माग भएको छ। मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथा बाँडफाँड हुनेछ। 

गोलाप्रथाबाट २ लाख १ हजार ९८६ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै आवेदकबाट भाग्यमानी ९ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्। 
यो हिसाबले १३ लाख ६२ हजार ५०० आवेदकको हात खाली हुनेछ। 

Advertisement

प्रतिक्रिया