दिवंगत आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाइदै
नुवाकोट, नुवाकोट लगायत मुलुकमा विभिन्न ठाउँमा आज दिवंगत आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाइदै छ ।
वर्ष दिनभित्र मृत्यु भएका व्यक्तिको घरबाट आफन्तले गाईजात्रा निकाली नुवाकोटको बट्टार बजार, त्रिशू ली बजार, देबिघाटको वारी र पारी, दुईपीपल, रानीपौवा, चौघडा, रसुवाको नुवाकोटको सिमाना बेत्राबती लगायतका स्थानमा गाईजात्रा निकाल्ने प्रचलन रहेको छ । राजा प्रताप मल्लले पुत्र शोकमा भावविह्वल भएकी आफ्नो रानीलाई सान्त्वना दिने उद्देश्यले प्रचलनमा ल्याइएको गाईजात्रामा मृतकका आफन्तले पितृको स्मृतिमा गाईजात्रा निकाल्ने परम्परा सुरु भएको हो ।
विशेषगरी नेवार समुदायका हिन्दू धर्मावलम्बीले निकाल्ने गाईजात्रामा पछिल्ला दिनमा गैर नेवार समुदाय पनि सहभागी हुँदै आएका छन् । मानिसलाई विभिन्न वेशभूषामा सिँगारेर जनै पूर्णिमाको भोलिपल्ट अर्थात् आनज गाईजात्रा मनाइन्छ । गाईलाई समेत सजाएर विभिन्न टोलमा परिक्रमा गराइन्छ । यसो गर्दा वर्षभरि मृत्यु भएका व्यक्तिले गाईको पुच्छर समाई बैतरणी तर्छन् भन्ने जन विश्वास रहदै आएको छ । स–साना बालबालिकालाई समेत गाईको भेषका रुपमा आ–आफ्ना इलाकामा परिक्रमा गराउने गरिन्छ ।
गाईजात्रामा सहभागीलाई नगर घुमाउने क्रममा विभिन्न टोल वरपर भेला भएका भक्तजनले फलफूल, रोटी, चिउरा, दही तथा दूध लगायत अन्न र द्रव्य दान गर्ने प्रचलन रहेको छ । यसरी मृतकका आफन्तले दान दिदा पितृ खुसी हुने र स्बर्गमा बास पाउने जनबिश्वास पनि रहि आएको छ । यस्तै, पछिल्लो समयमा राजनीति तथा समाजमा भएका विकृति तथा विसंगतिको न्यूनीकरण गर्न गाईजात्रामा विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रम पनि हुन थालेका छन् ।
पञ्चायती व्यवस्थामा त्यसबेलाको सरकारको कार्यशैलीप्रति चित्त नबुझेकामा जनताले विरोध गर्ने दिनका रुपमा थालनी भएको यो कार्यक्रमले अहिले राजनीतिक रुप पनि लिएको छ । हास्य कलाकारले व्यंग्य गरी समाज सुधारका लागि नेतृत्वलार्ई सचेत गराउने दिनका रुपमा समेत गाईजात्रा पर्वलाई लिइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध





प्रतिक्रिया