नुवाकोटमा ज्वाइँलाई ससुराली बोलाएर चिर्पट प्रहार गरी हत्या

नुवाकोट । नुवाकोटको बेलकोटगढीमा ज्वाइँलाई ससुरालीमा बोलाएर चिर्पट प्रहार गरी हत्या भएको छ ।

आफ्नै बाउसंग मिलेर पतिको हत्या गरेको अभियोगमा प्रहरीले बेलकोटगढी नगरपालिका वडा नम्वर ८ बाट एक महिलासहित चारजनालाई पक्राउ गरेको छ ।
बिहीबार बिहान बेलकोटगढी नगरपालिका वडा नम्वर ८ काशिटारस्थित चन्द्रबहादुर तामाङको घरमा ककनी गाउँपालिका वडा नम्वर ८ का ५६ बर्षिय एकबहादुर तामाङ मृत अवस्थामा फेला परेको सूचनापछि पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान पश्चात चारजनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार ससुराली आएका एकबहादुर लाई बुधबार राती १२ बजे उनकी श्रीमती ३५ बर्षिया ज्ञानमाया तामाङ, ससुरा ६७ बर्षिय चन्द्रबहादुर भनिने बीरबहादुर तामाङ, बिदुर नगरपालिका वडा नम्वर १२ का ३४ बर्षिय दुखिराम तामाङ र १४ बर्षिय एक बालकसहित मिलेर प्लाष्टिकको डोरीले हातखुट्टा बाँधी चिर्पटले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । प्रहरी टोली घटनास्थल पुग्दा मृतक एकबहादुर डोरीले बाँधिएकै अवस्थामा थिए ।
प्रारम्भिक अनुसन्धान पश्चात हत्यामा संलग्न देखिएका चारैजनालाई पक्राउ गरि जिल्ला अदालत नुवाकोटबाट शुक्रवार कर्तब्य ज्यान मुद्धामा म्याद थप गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया