नुवाकोटमा सवारी र्दुघटना हुँदा शिक्षिकाको मृत्यु
विदुर खबर
२०७९ असार ३ गते १३:३३

नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ४ मा सवारी दुर्घटना दुर्घटना हुँदा एक शिक्षिकाको मृत्यु भएको छ ।

स्थानीय सुन्दरा माध्यमिक विद्यालय सातबिसेकी शिक्षिका राधिका आचार्यको सवारी दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
विद्यालय जाँदै गर्दा आज बिहान उनी चढेको स्कुटी अनियन्त्रित भई पल्टिएर खोलामा खसेको थियो ।
मृतक आचार्यको शव जिल्ला अस्पताल त्रिशूली शव मार्टमको लागि ल्याइएको छ । घटनाबारे विस्तृत जानकारी पोस्टमार्टम रिपोर्टपछि आउने प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया