बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट शुक्रवार हुने
नुवाकोट । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ असार ३ गते शुक्रवार बाँडफाँट हुने भएको छ ।

विक्री प्रबन्धक सानिमा क्यापिटलले आफ्नै कार्यालय नक्साल, काठमाडौंमा दिउसो ३ बजे आईपीओ बाँडफाँट गर्ने जानकारी दिएको हो ।कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा १६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार कम्पनीको आईपीओ खरीदका लागि १८ लाख ४५ हजार ६७ जना आवेदकहरूबाट २ करोड १९ लाख ३५ हजार १० कित्ता शेयर खरीदको लागि आवेदन परेको हो ।
कम्पनीले सर्वसाधारणमा प्रतिशेयर रू. १०० अंकित मूल्यका १५ लाख कित्ता आईपीओ वितरण गर्न लागेको हो । कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । बाँकी १३ लाख ६५ हजार कित्ता शेयर भने कम्पनीले सर्वसाधारणमा बाँडफाँट गर्नेछ । भाग्यमानी १ लाख ३६ हजार ५०० जनाले मात्र १० कित्ताका दरले शेयर हात पार्नेछन् ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ विक्री गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । जारी पूँजी रू. १ अर्ब रहेको यस कम्पनीमा हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. ७५ करोड रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा जारी पूँजीको १० प्रतिशत र दोस्रो चरणमा सर्वसाधारणमा १५ प्रतिशत शेयर विक्री गरेको हो ।
कम्पनीको आर्थिक वर्ष ०७७/७८ सम्ममा वास्तविक प्रतिशेयर नेटवर्थ रू. ११९ दशमलव ३४ रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी भने रू. ९ दशमलव ६८ छ । कम्पनीले कास्की जिल्लामा ८ दशमलव ८ मेगावाट क्षमताको रुदि खोला ए जलविद्युत आयोजना र ६ दशमलव ६ मेगावाट क्षमताको रुदि खोला बि जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ । रुदि खोला ए जलविद्युत आयोजनाको कुल लागत रू. १ अर्ब ५५ करोड ५० लाख ९९ हजार र रुदि खोला बि जलविद्युत आयोजनाको निर्माण लागत रू. १ अर्ब ३३ करोड ९७ लाख २८ हजार रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया