सुनको भाउ घट्यो,चाँदीको स्थिर
विदुर खबर
२०७९ असार १ गते ११:२४

नुवाकोट । नेपाली बजारमा बुधबार पनि सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९६ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार पनि सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार २४५ रुपैयाँमा किनबेच भएको थियो।
सम्बन्धित
प्रतिक्रिया