प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी सुरु : आयोग
नुवाकोट । निर्वाचन आयोग नेपालले आगामी मंसिरको पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने गरी तयारी थालेको जनाएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आसन्न प्रदेश र संघको निर्वाचन आगामी मंसिर महिनाको पहिलो सातासम्म गर्ने गरी आयोगले आन्तरिक तयारी थालेको बताएका हुन् ।
उनले आयोगले एकै चरणमा निर्वाचन गर्दा मंसिरको पहिलो सातासम्म निर्वाचन गर्ने गरी आन्तरिक तयारी गरेको पनि बताए । प्रवक्ता पौडेलले आयोगले सरकारलाई निर्वाचन कानुनबमोजिम दिएको परामर्शमा सरकारले निर्वाचन मिति घोषणा गर्ने भएकोले आयोगले आन्तरिक तयारी गरिरहेको पनि स्पष्ट पारे ।
उनले भने, ‘आयोगको आन्तरिक र अनौपचारिक छलफलमा अहिले पनि आयोग एकै चरणमा निर्वाचन हुनुपर्छ भन्नेमा नै छ । एकै चरणमा निर्वाचन गर्दा मंसिरको पहिलो सातासम्म निर्वाचन गर्ने गरी आन्तरिक तयारी गरेको छ । यस सम्बन्धमा आयोगले सरकारलाई निर्वाचन कानुनबमोजिम आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने भएकोले आयोगले परामर्श गरिरहेको छ ।’
उनले निर्वाचन आयोग, नेपालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई मध्यनजर गरी असार १ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्यक्रम सुरु गर्ने बताए । प्रवक्ता पौडेलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मिति निकट भविष्यमा घोषणा हुने सम्भावनालाई मध्यनजर गरेर असार १ गतेदेखि सबै निर्वाचन कार्यालयहरु र सबै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्यक्रम सुरु गर्न लागेको बताए । उनले हाल अस्थायी बसोबास गरिरहेकै जिल्लाको निर्वाचन कार्यालय गइ मतदाता नामावली दर्ता गर्न सकिने पनि उल्लेख गरे ।
प्रवक्ता पौडेलका अनुसार मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्ममिति लगायत विवरण सच्याउन प्रमाणसहित निवेदन दिएमा आवश्यक निर्णय गरी त्रुटि सच्याउन सकिने छ । कुनै मतदाताले झुटो विवरण दिइ मतदाता नामावलीमा नाम समावेश गरेको भनि नाम हटाउन प्रमाणसहित उजुरी आएमा नाम दर्ता अधिकारीले छानबिन गरी नाम हटाउन सक्ने व्यवस्था गरेको पनि आयोगले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देशभर रेबिज खोपको चरम अभाव, सास्ती खेप्दै बिरामी
देउवा फर्किँदै, अब फुट होइन जुटको दबाब
देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
रसुवामा भालुको खुट्टासहित दुई जना पक्राउ
बाहुनबेसी-खरानीटार सडक खण्डमा रात्रिकालिन सवारी आवतजावतमा रोक





प्रतिक्रिया