तारकेश्वरका अवैध क्रसर र बालुवाखानी बन्द गराउन गाउँपालिकाको पत्राचार
विदुर खबर
२०७९ जेठ २८ गते १३:५६
नुवाकाेट । नुवाकोटको तारकेश्वर गाउँपालिकाको कार्यपालिका बैठकले अवैध रुपमा संचालनमा रहेका क्रसर तथा बालुवाखानी तत्काल बन्द गर्ने निर्णय गरेको छ ।
कार्यपालिकाको बैठकले सर्वसम्मत रुपमा अवैध क्रसर र बालुवाखानी बन्द गर्ने निर्णय गर्दै सम्बन्धित निकायलाई पत्राचार गरिसकेको छ ।
बर्खायाम लागेसँगै त्रिशुली नदीमा अवैध क्रसर तथा बालुवाखानी उत्खन्न हुने गर्छ ।
योसँगै उक्त बैठकले यस सम्बन्धि कार्यविधि बनाउन गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतलाई जिम्मेवारी दिएको छ । प्रशासकिय अधिकृत नेतृत्वको समितिले कार्यविधि अनुसार आगामी दिनमा थप निर्णय गर्ने जनाइएको छ।
यस्तै हिजै बसेको कार्यपालिका बैठकले कार्यपालिका अन्तर्गतका विभिन्न विभागहरु समेत गठन गरेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया