अवरुद्ध नारायणगढ- मुग्लिन सडक खुल्यो

विदुर खबर २०७९ जेठ २८ गते ८:४७

नुवाकोट । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ(मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ ।

Advertisement

शुक्रबार राति ९ बजे चितवनको इच्छाकामना-६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो ।

पहिरो हटाएर राति साढे १ बजेदेखि नै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

Advertisement

यसअघि बिहीबार राति पनि ठाउँठाउँमा पहिरो गएको थियो। जसले गर्दा सडक अवरुद्ध भएको थियो। शुक्रबार पनि दिउँसो पटकपटक सडक अवरुद्ध भएको थियो।

प्रतिक्रिया