नारायणगढ-मुग्लिन सडक अवरुद्ध
विदुर खबर
२०७९ जेठ २६ गते ७:३६
नुवाकोट । पहिरो खसेपछि नारायणगढ- मुग्लिन सडक अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भए पनि वर्षाका कारण कठिन भइरहेको छ । सडक अवरुद्ध भएपछि बुधबारदेखि यात्रुहरू अलपत्र परेका छन् । बिहानदेखि झन् ठूलो पहिरो खसेको छ ।
पहिराकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ । इच्छाकामना–४ स्थित नाग्दिखोलामा बुधबार राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया