नुवाकोट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने प्रकाशशरण तयारी

विदुर खबर २०७९ जेठ २४ गते १०:००

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नुवाकोट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरेका छन ।

Advertisement

यसअघि काठमाडौंबाट चुनाव लडेका महत नुवाकोटबाट चुनावी मैदानमा उत्रन लागेको महत निकट श्रोतले जनाएको छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा महत नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग काठमाडौं ५ मा पराजित भएका थिए ।

त्यसअघि भने यो क्षेत्रमा कांग्रेस नेता नरहरि आचार्यले एमालेका पोखरेललाई पराजित गरेका थिए । प्रकाशशरण दाइ काठमाडौं ५ मा अहिले उम्मेदवार बन्नहुन्न । सार्वजनिक रुपमा त उनले भनेका छैनन् महत निकट नुवाकोटका एक नेताले भने, नुवाकोट १ मा बाट उठ्ने तयारी गरेका छन्।्।

Advertisement

नुवाकोट १ मा उनी उम्मेदवार बन्नका लागि डा. रामशरण महतलाई मनाउनुपर्दछ । देउवा निकट भएकाले उनलाई रामशरण महतलाई भन्दा टिकट पाउन सहज पनि छ ।

गृह जिल्लाबाट उम्मेदवार बन्ने तयारीमा रहेका महतले पछिल्लो समय नुवाकोट केन्द्रित कार्यक्रमलाई महत्व दिने गरेका छन ।

Advertisement

केही महिनाअघि उनले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई नुवाकोट १ मा ल्याएर कार्यक्रम समेत गरेका थिए ।

प्रतिक्रिया