खानेतेलको मुल्य घटयो, प्रतिलिटर कति पुग्यो
विदुर खबर
२०७९ जेठ २३ गते २०:५३

नुवाकोट । इण्डोनेशियाबाट पाम तेल आयात सुरू हुन थाले पछि भारतमा खानेतेलको मूल्य घट्न थालेको छ ।

भारत सरकारले खानेतेलको कच्चा पदार्थको भन्सार दर शून्यमा झारेपछि तेलकाे मूल्य घट्न थालेको हो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार खानेतेलको मूल्यमा प्रतिलिटर २० रुपैयाँसम्म गिरावट आउन थालेको छ । १८ मेमा प्रतिलिटर १८५ भारु रहेको सोयाविन तेलको मूल्य हाल १७० रुपैयाँ छ ।
इण्डोनेशियाबाट पाम तेल आयात पछि भारतले कच्चा पदार्थको भन्सार दर घटाएकाे छ । सर्सिउँ, सोयाविन र पाम तेलकै मूल्य ओरालो लागेको हो ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया